Section 134
निलम्बन गर्न सक्ने
(१) कुनै श्रमिक कानून बमोजिम थुनामा रहेमा सो अविधभर त्यस्तो श्रमिक स्वतः निलम्बन हुनेछ र सो अवधिको पारिश्रमिक पाउने छैन ।तर रोजगारदाता आफैले उजुरी दिई थुनामा परेको श्रमिक निर्दोष प्रमाणित भएमा उक्त अवधिको पू
रा पारिश्रमिक पाउनेछ । (२) उपदफा (१) बमोजिमको अवस्था मा बाहेक दफा
१३१को उपदफा(४) बमोजिमको सजाय प्रस्ताव गरिएको कुनै श्रमिकलाई काममा लगाई राख्न उपयुक्त नदेखिएमा वा निजलाइर्काममा लगाइरहँदा निजले आफूमाथि लागेको आरोप सम्बन्धी प्रमाण नष्ट गर्ने सम्भावना भएमा वा छानविनमा बाधा अवरोध पुग्ने सम्भावना भएमा रोजगारदाताले त्यस्तो श्रमिकलाई निलम्बनगर्न सक्नेछ ।(३)उपदफा (२) बमोजिम कुनै श्रमिकलाई निलम्बन गर्दा साधारणतया तीन महिनाभन्दा बढी निलम्बन गर्न सकिने छैन। तर छानविन कार्य पूरा नभएमा निलम्बनअवधि एक महिनासम्म थप गर्न सकिनेछ ।
(४) उपदफा(२) बमोजिमको निलम्बनअवधिमा श्रमिकले आधा पारिश्रमिक पाउनेछ ।(५) उपदफा (२) बमोिजम निलम्बनमा परेको श्रमिकले निज विरुद्ध लगाइएको आरोपमा सफाई पाएमा निजले सो अवधिमा पाएको पारिश्रमिक कटाई बाँकी पूरै पारिश्रमिक, तलबबृद्धि
पाउनेमा तलब बृद्धि समेत पाउनेछ ।(६) रोजगारदाता आफैले जाहेरी वा उजुरी दिई थुनामा रहेको अवस्थामा बाहेक उपदफा (१) बमोजिमको
निलम्बन अवधि नब्बे दिन भन्दा बढी भएमा त्यस्तो श्रमिकको सेवा रोजगारदाताले अन्त्य गर्न सक्नेछ । यसरीसेवा अन्त्य गर्दा सुनुवाईको मौका दिइरहनु पर्ने छैन।